LISTEN LIVE RADIO

संसद बिघटन बिरुद्ध राष्ट्रिय जनमोर्चाद्धारा गढवामा बिराेध प्रदर्शन 



संसद बिघटन बिरुद्ध राष्ट्रिय जनमोर्चाद्धारा गढवामा बिराेध प्रदर्शन 
गढवा १२ पुस । संसद बिघटन र अधिनायकवादका बिरुद्ध राष्ट्रिय जनमोर्चा गढवाले आईतबार गढवामा बिराेध प्रदर्शन गरेकाे छ । बिराेधसभालाई राजमाे दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपाली जनताले अधिनायकवाद विरुद्ध धेरै पहिले नै बिजय हासिल गरेको हुँदा केपीको कदमलाई जनताले खारेज गरिदिने कुरा बताएका छन् ।
उनले भने ओली सरकारको गलत कार्यशैलीका कारण गणतन्त्रमाथि नै प्रश्न उठेको हुँदा यो कार्यशैलीको व्यापक भन्डाफोर गर्नुपर्ने कुरा बताए । अब यिनी दलाल पुजीबादको प्रतिनिधित्व गर्ने दलहरुबाट देश जोगाउनको लागि राष्ट्रिय जनमोर्चामा संगठित हुनुपर्ने समेत बताए ।
राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको बिराेधसभालाई राजमाेका जिल्ला सल्लाहकार गुणनिधि शर्मा, पूर्ब केन्द्रीय कोषाध्यक्ष ओमबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । राजमाे गढवा गाउँपालिका सदस्य खुमानन्द पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब तुकमान कुवरले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे