LISTEN LIVE RADIO

डाँफे सामुदायिक कृषक समूह राप्ती १ माछीताल र फुर्केसल्ली सामुदायिक कृषक समुहकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न



डाँफे सामुदायिक कृषक समूह राप्ती १ माछीताल र फुर्केसल्ली सामुदायिक कृषक समुहकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ १६ चैत । डाँफे सामुदायिक कृषक समूह राप्ती १ माछीताल र फुर्केसल्ली सामुदायिक कृषक समुह राप्ती १ बगासाेती खर्ककाे दाेस्राे वार्षिक साधारण सभा तथा संस्थागत सबलीकरण छलफल कार्यक्रम बिहीबार राप्ती १ माछीतालमा सम्पन्न भएको छ।

डाफे सामुदायिक कृषक समुहको अध्यक्ष रिखीराम कुमालकाे अध्यक्षता तथा नामसालिङ सामुदायिक विकास केन्द्र दाङका फिल्ड अधिकृत धर्म यादवकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा डाँफे सामुदायिक कृषक समुहका सचिव राधिका कुमाल, काेषाध्यक्ष कुस्मा रानाले समुहकाे बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन छुट्टाछुट्टै प्रस्तुत गरेका थिए । यसै गरि फुर्केसल्ली सामुदायिक कृषक समुहकाे बार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समुहका सचिव घनि रानाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र दाङका फिल्ड अधिकृत धर्म यादव, निवर्तमान वडा सदस्य पुर्णजंग रेशमी, कृषि प्राविधिक धनकुमारी चाैधरी, समाजिक परिचालिका पुस्तमा पुन, बाउन्नेपाटा साेलर लिफ्ट सिचाई उपभोक्ता समितिका काेसाध्यक्ष खिमान्त पुलामी, चरिङ्गे समुहका सचिव केहर सिंह तारन, सयपत्री सामुदायिक समुहका सचिव शुशिला गाहा, माछीताल साेलर लिफ्ट सिचाइ उपभोक्ता समितिका अध्यक्ष केशर बहादुर कुमाल लगायतका बक्ताहरूकाे शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डाँफे सामुदायिक कृषक समूह राप्ती १ माछीताल र फुर्केसल्ली सामुदायिक कृषक समुह राप्ती १ बगासाेती खर्ककाे सयुक्त आयाेजना तथा नामसालिङ सामुदायिक विकास केन्द्रकाे आर्थिक सहयाेग सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन फुर्केसल्ली सामुदायिक कृषक समुहकाे सदस्यले हिमबहादुर मास्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे