खुमबहादुर बिरुद्ध झुटा मुद्दा लगाइयाे : सभापति देउवा



खुमबहादुर बिरुद्ध झुटा मुद्दा लगाइयाे : सभापति देउवा

दाङ १६ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काविरुद्ध झुट्ठा मुद्दा लगाएर फसाइएको दाबी गरेका छन्। दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दावी गर्दै देशको सच्चा सपुत भएको समेत बताए ।

‘उहाँलाई षडयन्त्र पूर्ण तरिकाले जेल हालियाे। झुट्ठा मुद्दा लगाएर फसाउन खोजियो, फसाइयो पनि’, उनले भने, ‘त्यसले केही भएन । उनको हाईट झन्झन बढ्दै गयो। उहाँ राष्ट्रको सपुत हो। त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नुहुदैन हामीले। त्यसकारण मुद्दाको कुरा हाम्ले उठाउने कुरा छैन्।’ सालिक अनावरण गर्न यहाँ आईपुगेको देउवाले दिवंगत नेता खुमबहादुरको प्रशंसा र योगदानको चर्चा गरे।

‘उहाँ त्यस्तो व्यक्तिको हो, गरेर नथाक्ने, ठूलो अडान भएको व्यक्ति हो। साथिहरुको लागी समर्पीत व्यक्ति हो’उनले थपे,‘साथीको लागि ज्यान दिन सक्ने, ठूलो कष्ट सहन सक्ने व्यक्ति हुनुहुन्थ्यो। साथी माझ मात्रै होइन, जनता माझ पनि लोकप्रिय हुनुहुन्थ्यो। सहयोगी व्यक्ति हुनुहुन्थ्यो, त्यस्तो व्यक्तिको बारेमा कुरा गरेर साध्य हुदैन। उहाँले छोडेर गएका कामहरु हामीले पूरा गर्नुपर्छ।’

 

खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो। खड्का कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारीमा समेत थिए। पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे। ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो। अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए । २ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो। वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो।

सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो। २०७० मा जेलमुक्त भएका थिए। सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न खड्को योग्दान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे