LISTEN LIVE RADIO

राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा पुर्णचन्द्र परियार सर्वसम्मत निर्वाचित



राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा पुर्णचन्द्र परियार सर्वसम्मत निर्वाचित

दाङ १६ चैत । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशको अधिवेशन बिहीबार कपिलवस्तु जिल्लाको जितपुरमा सम्पन्न भएको छ ।

अधिवेशनले पूर्णचन्द्र परियारको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ। कमिटीको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार, प्रथम उपाध्यक्षमा रन्जिता गुरुङ, द्वितीय उपाध्यक्षमा भुवन खड्का, महिला उपाध्यक्षमा उषा दसौती, उपाध्यक्षमा सुरज गौतम, महासचिवमा आशिष कडेल क्षेत्री, सचिवमा नकुल परियार, सचिवमा सुनिता मगर र कोषाध्यक्षमा दीपक ओली, सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी रहेका छन् भने प्रवक्तामा रमेश वली रहेका छन् । त्यसै गरि सदस्यमा सविन रनपाल रहेका छन् ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव जीवन परियारले राष्ट्रिय  संगीतकर्मी संघ दाङ जिल्लाले छोटो समयमा उदाहरणीय काम गरेको भन्दै केन्द्रले दाङ जिल्लालाई सम्मान गर्ने जानकारी दिएका थिए । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य दिनेश रञ्जन, बिनोद रञ्जनको समेत उपस्थिति रहेको थियो।

चन्द्रा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश महासचिव असिम कडेल क्षेत्रीले गरेका थिए । बैठकले विभिन्न निर्णयहरू समेत गरेको छ। साथै पहिलो बैठक लुम्बिनी प्रदेशको दाङ जिल्लाको भालुवाङमा वैशाखको दोस्रो हप्ता राख्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे