LISTEN LIVE RADIO

मिर्गौला पिडित बलसिङलाई आशाका किरण संस्थाले मासिक ५ हजारका दरले सहयोग गर्ने



मिर्गौला पिडित बलसिङलाई  आशाका किरण संस्थाले मासिक ५ हजारका दरले सहयोग गर्ने

भालुवाङ ११ वैशाख । मिर्गौला पिडित बलसिङ बुढामगर सन्चो नहुँदा सम्म दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले मासिक ५ हजारका दरले सहयोग गर्ने भएको छ ।केहि दिन अघि मात्र लमही नगरपालिका वडा नम्बर ६ कुलमोहोरमा घर बेटीले घरभाडा नदिएको भन्दै घरबाट निकाली दिएपछि बलसिङ बुढामगरलाई अझ समस्यामा परेका छन् । मृगौला रोगबाट ग्रस्त बुढामगरको उपचारमा समस्या परेको र श्रीमति समेत बिरामी रहेको र दैनिक जसो १२/१५ हजार सम्म खर्च हुँदै आएको र उपचारमा निकै समस्या परेपछि आशाका किरण संस्थाले बलसिंह बुढामगर सन्चो नहुँदा सम्म मासिक ५ हजारका दरले सहयोग गर्ने संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै बीच संस्थाका अध्यक्ष बेल्वासेले मंगलवार पिडितको निवासमा पुगि उपचार सहयोग स्वरुप नगद ५ हजार सहयोग समेत गरेका छन् । ३ छोरी र बुढाबुढी घरभाँडामा बस्दै आएका बलसिंहलाई घरभाँडा नबुझाएको भन्दै घरबेटिले निकालेपछि उनीहरुलाई सञ्चारकर्मी भोजराज थापाको पहलमा  छिमेकी महेन्द्र चौधरीले आश्रय दिएर राखेका छन् ।यता सञ्चारकर्मी थापाको पहलमा बलसिंहका ३ छोरीहरूलाई आदर्श मावि देउपुरमा निशुल्क भर्ना गरिएको छ । कक्षा १२ सम्म निशुल्क पढ्ने देखि स्कुल ड्रेस, किताब कापी सबै निशुल्क हुने गरि पठनपाठनको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे