LISTEN LIVE RADIO

मुनलाइट मावि लालमटियामा अभिभावक शिक्षा कार्यक्रम



लालमटिया ७ माघ । बालबालिकाप्रति अभिभावकको दायित्वबोध गर्ने उद्देश्यका साथ मुनलाईट माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाले शनिबार अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा सम्बन्धी क्षेत्रमा लामो समय देखि परामर्शदाताका रुपमा कार्यरत सिटिएफका प्रदेश व्यबस्थापक अशोक सुबेदी र सिटिएफ नेतृत्व प्रशिक्षक रबि किरणले अभिभावकका चुनौती, अवसर र दायित्वका बारेमा शिक्षा तथा परामर्श प्रदान गरेका थिए । बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्नेमा जोड दिईएको छ ।

करिब २०० अभिभावकको सहभागिता रहेको सो कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा शयेर सदस्य भोजराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिर्थी सिटिएफका प्रदेस व्यबस्थापक अशोक सुबेदी रहेका थिए । मुनलाईट माबिका कोडिनेटर झग्गु गिरी, अभिभाबकको तर्फबाट इन्द्र बहादुर केसी, मुना रोका, निर्मला रोका र टेकमान पुन लगायतले बाेलेका थिए । कार्यक्रममा बिभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक हरि बिक्रम शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक गणेश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे