LISTEN LIVE RADIO

प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा राना निर्वाचित



काठमाण्डाै  ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन्। प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी भएकी हुन् ।

उनको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ ।  एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए । इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन थिए । यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका थिए ।

सन् २०१७ मा बीबीसीकाे १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा  अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आएकी छिन् । उनी आफैले सन् २००० मा स्थापना गरेकाे बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुकाे अधिकारकाे लागि लड्दै आएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे