LISTEN LIVE RADIO

काँग्रेस दाङले आउँदो चैत २७ गते स्थापना दिवस मनाउने, दाङ क्षेत्र नम्बर २ ले अन्तरक्रिया गर्ने



काँग्रेस दाङले आउँदो चैत २७ गते स्थापना दिवस मनाउने, दाङ क्षेत्र नम्बर २ ले अन्तरक्रिया गर्ने

दाङ ७ पुस । नेपाली कांग्रेस दाङले स्थापना दिवस मनाउने भएको छ । नेपाली कांग्रेस दाङको जिल्ला कार्य समितीको बैठकले आउदो चैत २७ गते स्थापना दिवस तथा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन् ।स्थापना दिवसको अवसरमा प्रजातान्त्रीक आन्दोलनमा सहभागि तथा नेपाली कांग्रेसको स्थापना गर्न सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने भएको सचिव योगीले बताए ।

दिवसको अवसरमा रचनात्मक कार्य अन्तरगत रक्तदान कार्यक्रम समेत आयोजना गरिने भएको छ । बैठकले वडा, पालिका, प्रदेश सभा क्षेत्रीय तथा संघिय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनका लागि समय समेत निर्धारण गरेको छ । वडा सम्मेलन पुस मसान्त सम्म, पालिका सम्मेलन माघ १५ सम्म, प्रदेश सभा निर्वाचन क्षेत्रीय सम्मेलन माघ मसान्त सम्म र संघिय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन फागुन मसान्त सम्म गरि सक्ने जिल्ला कार्य समितीले निर्णय गरेको छ ।

तोकिएको समयमा सम्मेलन गर्न समेत आग्रह गरिएको छ । सम्मेलनले विगतका समिक्षा गदै आगामी योजना निर्माण गरेर अगाडि बढने काँग्रेसले जनाएको छ । बैठकले प्रदेश सभा तथा संघिय सरकारमा गठवन्धनका तर्फ बाट साझा उम्मेद्वार भएर विजयी भएकाहरुलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

साथै निर्वाचनमा साझा उम्मेद्वारलाई विजयी बनाउन भुमिका खेल्ले सम्पुर्ण प्रति कृतज्ञाता व्यक्त गर्ने निर्णय गरेको सचिव योगीले बताए । यसैगरेर स्वर्गीय खुमवहादुर खड्काको स्मृतिमा हरेक वर्ष आयोजना गरिने भलिवल प्रतियोगीता यही माघ २० गते देखि सञ्चालन गर्न निर्णय समेत गरेको छ ।

प्रतियोगीतालाई व्यवस्र्थीत रुपमा सञ्चालन गर्नका लागि १ करोडको अक्षय कोषको स्थापना गर्ने समेत कांग्रेसको जिल्ला कार्य समितीले निर्णय गरेको छ । उक्त रकम वाट आउने व्याज वाट हरेक वर्ष प्रतियोगीता सञ्चालन हुने छ । यसले कार्यक्रमलाइ व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अक्षय कोषमा सहयोग गर्न चाहने सबैलाइ सहयोग गर्न समेत नेपाली काँग्रेस दाङले जनाएको छ । बैठक नेपाली कांग्रेस दाङका जिल्ला सभापती शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो ।

यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । क्षेत्रिय समितिको वुधवार बसेको नियमीत बैठकले क्षेत्रीय समितिको आयोजनामा क्षेत्रका उपमहानगरपालिका, गाँउपालिका र वडा सभापतिहरुको उपस्थितिमा संगठन सुदृढिकरण विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रिय समितिको संस्थापकदेखी हालसम्मको कार्यसमितिको अभिलेखीकरण राख्ने र जसकालागी सचिव हिमबहादुर डाँगी संयोजक, सचिव आर.के.शीतल र कोषाध्यक्ष गोपालप्रसाद भुषाल सदस्य रहेको अभिलेख तयारी समिति गठन गरेको छ । समितिले विभिन्न अग्रज एवं पूर्ण कार्यसमितिसँगको सल्लाहमा अभिलेख तयार पार्ने छ ।

बैठकले फागुन महिनाको घुम्ती बैठक एवं अन्तरक्रिया कार्यक्रम बंगलाचुलीमा गर्ने र जसको व्यवस्थापनकालागी कोषाध्यक्ष गोपालप्रसाद भुषाल संयोजक रहेको समिति गठन गरेको छ । जसको सदस्यहरुमा खुमाकुमारी खड्का, लक्ष्मी गिरी थापा, शान्ता घिमीरे, मधुसुदन अधिकारी, जयभोला परियार, हिमाल महरा रहेका छन् ।

बैठकले लुम्बिनी प्रदेश सभा सदस्य लोकीकुमारी बि.कलाई बधाई ज्ञापन गरेको छ । यस्तै बैठकले नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ९ का क्षेत्रिय प्रतिनिधी गोविन्द डाँगीको ६० बर्षको उमेरमा र क्षेत्रीय सदस्य पदम शर्माको हवुरआमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी पवित्रादेखी शर्माको १०२ बर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे