LISTEN LIVE RADIO

नेपाललाई स्वर्ण दिलाउने सुनितालाई घोराहीमा सम्मान



नेपाललाई स्वर्ण दिलाउने सुनितालाई घोराहीमा सम्मान

घाेराही ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी सुनिता विष्टलाई सम्मान गरिएको छ । शान्ति निकेतन विद्यालय घोराहीले विद्यालयका तेक्वान्दो प्रशिक्षक बिष्टलाई आज एक कार्यक्रम गरी सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक टीकाबहादुर बस्नेत र पूर्व प्रिन्सिपल सुनिल गौतमले तेक्वान्दोको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै राष्ट्रिय झण्डा ओडाएर र सम्मान पत्रले सम्मान गर्नुभएको कोर्डिनेटर सन्देश केसीले जानकारी दिए ।

दोजाङका प्रशिक्षक विष्टले मलेसियामा आयोजित ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप २०२२’ प्रतियोगीतामा नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् ।
गत मंसिर २३ र २४ गते भएको उक्त प्रतियोगीतामा बिष्टले नेपालका लागि एक स्वर्ण र एक रजत गरी दुई पदक जित्न सफल हुनुभएको हो । विश्वका १३ देशका खेलाडीहरुको सम्मिलित प्रतियोगीतामा बिष्टले पियर पुम्सेमा स्वर्णपदक जितेकी थिइन्, भने एकल पुम्सेमा तेस्रो हुँदै रजतपदक जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे