LISTEN LIVE RADIO

देउखुरीकाे राजपुर गाउँपालिका ७ नम्बर वडामा ३ सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान



देउखुरीकाे राजपुर गाउँपालिका ७ नम्बर वडामा ३ सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान

राजपुर ७ पुस । राजपुर गाउँपालिकाले वडा -वडामा पुगेर वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । चुनावमा आफुहरुले गाउँबासीलाई दिएको आवश्वासन पुरा गर्नका लागि वडामा पुगेर भत्ता बितरण गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिएका छन् ।

वडामा मै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा समयको पनि बचत हुने, नागरिकलाई सजिलो पनि हुने भएकोले हामीले बैंकसंग समन्वय गरेका हौँ’- बुढाथोकीले भने ।

No description available.

बुधवार राजपुर गाउँपालिका- ७ का ३ सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । अबदेखि वडा तहबाटै बितरण हुनेछ ।

गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपतिदेवी यादव र वडा नम्बर -७ का वडा अध्यक्ष पुस्कर वलीको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे