माओवादी केन्द्र लमही नगर कमिटीको बैठक सम्पन्न, सम्पूर्ण वडा कमिटीको नेतृत्व चयन



माओवादी केन्द्र लमही नगर कमिटीको बैठक सम्पन्न, सम्पूर्ण वडा कमिटीको नेतृत्व चयन

लमही  ६ साउन ।  नेकपा माओवादी केद्र लमही नगरकमिटी को २ दिने बैठक बुधबार लमहिमा सम्पन्न भएको छ। नगरकमिटी सचिव बसन्त शर्मा (बिक्रान्त) को अध्यक्षता एवं नगरकमिटी इन्चार्ज नबिनको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्य ओम प्रसाद सुवेदी (सागरको) विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले लमही नगर अन्तरगतका सम्पूर्ण वडा कमिटीको बैठक साउन १५ गते भित्रै गरिसक्ने लगायतका विभिन्न निर्णय गरेको छ।

बैठकले लमही नगर अन्तरगतका सम्पुर्ण टाेलहरुमा भदौ १५ गते भित्र टोल कमिटी गठन, साउन १६ गते पार्टीलाई समर्थन गर्ने बुध्दिजिबीहरुको भेला, गत स्थानीय निर्बाचनमा उम्मेद्बारी दिने सम्पूर्ण उम्मेद्बारहरुको भेलाको तयारी गर्न ३ नम्बर वडाका निर्बाचित अध्यक्ष बाबुराम चौधरीलाई जिम्मा दिने लगायतका निर्णय गर्दै लमही नगरपालिकाको सम्पूर्ण वडा कमिटीको नेतृत्व समेत चयन गरेको छ।

जस अनुसार वडा नम्बर १ को इन्चार्जमा घनश्याम खनाल, सह-इन्चार्जमा केशवराज पोख्रेल, अध्यक्षमा बिष्णु शर्मा , सचिवमा सञ्जय श्रेष्ठ र नारायण चौधरीलाई कार्यालय सचिवमा चयन गरेको छ।  त्यस्तै वडा नम्बर २को इन्चार्जमा मुमप्रसाद सुवेदी, सह-इन्चार्जमा शिबनारायण चौधरी, अध्यक्षमा कल्याण अधिकारी, सचीवमा रेवति चौधरी र नुमलाल आचार्यलाई कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ।

यता वडा नम्बर ३ को इन्चार्जमा लोकमणी बञ्जाडे, सह-इन्चार्जमा रामचरण चौधरी, अध्यक्षमा कृष्ण घिमिरे, सचीवमा छुनिलाल चौधरी र यादव अधिकारीलाई कार्यालय सचिव तोकिएको छ।  बैठकले वडा नम्बर ४ को इन्चार्जमा लक्ष्मण सुवेदी, सह-इन्चार्जमा गुरूप्रसाद चौधरी, अध्यक्षमा ननसरा बिक, सचिवमा रमेश सुनार र सत्यराम कुमाललाई कार्यालय सचिवको रुपमा चयन गरेको छ।

यस्तै वडा नम्बर ५ को इन्चार्जमा दिलकुमार श्रेष्ठ, सह-इन्चार्जमा गंगा पाण्डे, अध्यक्षमा चुडामणी आचार्य, सचिवमा जया रावल र पदम अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको छ।  त्यसैगरी वडा नम्बर ६ को इन्चार्जमा गोबिन्द बिक्रम शाह, सह-इन्चार्जमा सन्दीप चौधरी, अध्यक्षमा प्रेमप्रसाद पुलामी, सचिवमा प्रशान्त चौधरी र शिबचन्द्र घिमिरेलाई कार्यालय सचिवमा चयन गरिएको छ।

वडा नम्बर ७ को इन्चार्जमा बलबहादुर पुन (राजु), सह-इन्चार्जमा कर्णबहादुर पुन (बिमल), अध्यक्षमा राजेश चौधरी, सचिवमा धुर्ब चौधरी र तिर्थ बोहरालाई कार्यालय सचिव तोकिएको छ।  वडा न ८ को इन्चार्जमा मिश्रीलाल चौधरी, सह इन्चार्जमा राधा चौधरी, अध्यक्षमा गोपाल चौधरी, सचिवमा खिमबहादुर केसी तथा जिउरख्न चौधरीलाई कार्यालय सचिव चयन गरिएको छ।

यता वडा नम्बर ९ को इन्चार्जमा तेजबहादुर केसी, सह-इन्चार्जमा पुनकला भुसाल, अध्यक्षमा मानसिंह ओली, सचिवमा गंगा घर्ती र जोगबहादुर बिकलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ओमप्रकाश सुवेदी (सागर) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे