शंकर सामुदायिक वनको २६ औं वार्षिक साधारणसभा सम्पन्न 



शंकर सामुदायिक वनको २६ औं वार्षिक साधारणसभा सम्पन्न 

सिसहनियाँ ५ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको शंकर सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका-८ पिपरीमा सम्पन्न भएको छ ।समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभा उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वन संरक्षणमा उपभोक्ताहरूले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरूले सामुदायिक वनलाई कस्तो बनाउने भन्ने कुरा उपभोक्ताहरूको हातमा भएकोले वन संरक्षणमा लाग्न सुझाव दिएका थिए ।

सो अवसरमा राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाका सहायक वन अधिकृत नवीन पराजुली, स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ राप्तीका अध्यक्ष दलबहादुर घर्ती, प्रगतिनगर शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, शंकर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चाैधरी, कालापानी सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष शोभाकर आचार्य, हरियाली बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रेशमबहादुर थापा, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव सीता कुमारी चाैधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इमानसिंह कार्कीले प्रस्तुत गरेका थिए ।  कार्यसमिति सदस्य कर्कट चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका कोषाध्यक्ष इमानसिंह कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे