दाङमा सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर एक जना बेपत्ता



दाङमा सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर एक जना बेपत्ता

घोराही ६ साउन । दाङमा सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता रहेको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान त्यहीँ गाउँका एक जना डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ ।

अहिले सम्म बेपत्ता भएको व्यक्तिको नाम भने खुल्न नसकोको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताए । स्थानियबासिन्दा र प्रहरीले हराएका व्यक्तिको खोजी गरिरहेको भए पनि बेपक्ता भएको व्यक्ति फेला पर्न नसकेको प्रनाउ रिजालले बताए । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे