संचार उद्यमी हेमराज हत्या काण्डकाे आज ११ वर्ष पुरा



संचार उद्यमी हेमराज हत्या काण्डकाे आज ११ वर्ष पुरा

तुलसीपुर ६ साउन । संचार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको ११ वर्ष पुरा भएको छ। रेडियो तुलसीपुर एफएम संचालक समितिका तत्कालिन अध्यक्ष समेत रहनु भएका धितालको २०६७ साल साउन ६ गते अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।

अज्ञात समुहले तत्कालिन उरहरी गाविसको जसपुर हेमनगरमा उहाको साँझ पख गोली हानेर हत्या गरेका थिए ।स्वर्गिय धिताल संचारउद्यमी संगै यातायात व्यवसायी समेत भएकाले उहाको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरिन्छ ।

साथै देवीप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । उक्त प्रतिष्ठानले प्रत्येक वर्ष उहाको सम्झना गर्दछ । यस्तै तत्कालिन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष समेत हुनु भएका स्वर्गिय धितालको शालिकमा माल्यार्पण गरिन्छ । तत्कालिन राप्ती सार्वजनिक यातायात व्यवसायी समिति हाल त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको परिसरमा रहेको धितालको शालिक राखीएको छ ।

तर तुलसीपुर क्षेत्रका संचारउद्यमी तथा व्यवसायी धितालको हत्या भएको ११ वर्ष वितिसक्दा पनि घटनाको दोषीको अहिले सम्म पहिचान हुन सकेको छैन । कसले र किन हत्या गरेका हुन भन्ने कुरा अहिले सम्म सार्वजनिक हुन नसक्दा पिडित पक्षले न्यायको अनुभुति गर्न पाएका छैनन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे