LISTEN LIVE RADIO

राप्ती- २ मा मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोग पत्ता लगाउन फागुन ११ गते शिविर सञ्चालन गरिदै



राप्ती- २ मा मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोग पत्ता लगाउन फागुन ११ गते शिविर सञ्चालन गरिदै
भालुवाङ १० फागुन । दाङको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा मधुमेह, उच्च रक्तचाप र मृगौला रोग पत्ता लगाउन शिविर सञ्चालन गर्न लागिएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङकाे आयोजना एवम् राप्ती गाउँपालिका दाङकाे समन्वयमा बिहीबार वडा नं.२ काे वडा कार्यालयमा आयोजना गरिएको मधुमेह, उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी प्रचारप्रसार जनशक्ति परिचालन तथा स्क्रीनिङ शिविरकाे बारेमा जनप्रतिनिधि, स्वमसेविका तथा सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै भोलि फागुन ११ गते शुक्रबार आधारभूत स्वास्थ्य सेवा केन्द्र लालमटियामा सो शिविर सञ्चालन गर्न लागिएको हो ।
शिविरमा ४० वर्षदेखि माथिका मधुमेह तथा उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी औषधी सेवन नगरेका १ सय ५० देखि २ सयजना व्यक्तिहरुकाे निःशुल्क स्वास्थ्य परिक्षण गरिने बताइएको छ। वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले रोग लाग्न नदिन तथा स्वस्थ भएर बाँच्न खानापान, आनीबानी र जिवनशैलीमा सुधार ल्याउन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग तथा क्यान्सर भयावह अवस्थामा देखापरेकाले ती रोगबाट बच्ने उपायनै जिवनशैली सुधार र खानपाननै रहेकोले त्यसमा ध्यान दिन आग्रह गरेका छन् ।
अध्यक्ष विष्टले समय समयमा स्वास्थ्य परिक्षण नगर्दा पनि रोग बढ्ने गरेको बताएका छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुवरले शिविर सञ्चालनका विषयमा जानकारी गराएका थिए । भने ल्याप टेक्निसियन निरिक्षक उज्जवल कुमार पाैडेलले नसर्ने रोगको परिचय, लक्षण, उपचार विधि तथा ध्यानदिनुपर्ने कुराहरूको विषयमा जानकारी गराएका थिए । भने कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे