LISTEN LIVE RADIO

राप्ती-२ मा ३ महिने सिलाई कटाई तालिम सुरू, उद्यम विकास सँग जोडिन अध्यक्ष विष्टको सुझाव



राप्ती-२ मा ३ महिने सिलाई कटाई तालिम सुरू, उद्यम विकास सँग जोडिन अध्यक्ष विष्टको सुझाव
भालुवाङ १० फागुन । दाङको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा बिहीबार देखि तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
राप्ती गाउँपालिका वडा नं.२ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे।
राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन भएको हो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले महिला दिदीबहिनीहरूलाई उद्यम विकास सँग जोडिन सुझाव दिएका छन् । अध्यक्ष विष्टले राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आएको बताउँदै तालिम लिएर पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गरेका छन् । अध्यक्ष विष्टले नागरिकहरूलाई अल्छी नगरि कुनै न कुनै व्यवसायी गर्न आग्रह गरेका छन् ।
तालिम उद्घाटन कार्यक्रममा आदर्श नमुना मावि लालमटियाका प्रधानाध्यापक किरण पोख्रेल र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य मनबहादुर पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव सीता भण्डारीले गरेकी थिइन् । तालिममा १ सय जना महिलाहरुकाे सहभागीता रहेको छ। भने प्रशिक्षकमा अनिता चाैधरी र मिना पुन मगर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे