LISTEN LIVE RADIO

आशाका किरण संस्थाद्वारा लालमटिया महोत्सव भित्र खुल्ला रक्तदान, ३८ जनाले गरे रगत दान



आशाका किरण संस्थाद्वारा लालमटिया महोत्सव भित्र खुल्ला रक्तदान, ३८ जनाले गरे रगत दान

भालुवाङ ६ माघ । आशाका किरण संस्थाले लालमटिया महोत्सवमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङले गत पुस २६ गते देखि माघ ८ गते सम्म राप्ती गाउँपालिका-२ लालमटिया टुडिखेलमा आयोजना गरेको छैठौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारी, पर्यटन तथा कृषि महोत्सवमा शनिवारका दिन आशाका किरण संस्थाले राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ भएको रक्तदान कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सर्यकिरण केसी, सदस्यहरू सिर्जना थापा, लक्ष्मी पोख्रेल, शिवराज भुसाल सहित ४ जना र महोत्सव हेर्न आएका महिला, पुरुष गरी ३८ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र दाङका इन्चार्ज दिलिप न्याैपाने, लमहीकी प्रमुख मनिसा चन्द ठकुरीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे