LISTEN LIVE RADIO

हरियाली सहकारीको १८ औं वार्षिकोत्सब : विभिन्न व्यक्तित्वहरू सम्मानित



हरियाली सहकारीको १८ औं वार्षिकोत्सब : विभिन्न व्यक्तित्वहरू सम्मानित

सिसहनियाँ ७ माघ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका–५ सिसहनियाँले शनिबार आफ्नै कार्यालय परिसरमा एक समारोहका बीच १८ औं वार्षिकोत्सब मनाएको छ ।संस्थाका अध्यक्ष रेशमबहादुर थापाको अध्यक्षता एवम् जेष्ठ नागरिक सदस्य फत्तेबहादुर केसीको प्रमुख आतिथ्यता तथा संस्थाका निर्वतमान अध्यक्ष शिवध्वज मल्लको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सब मनाइएको हो । वार्षिकोत्सबका अवसरमा संस्थाले विभिन्न विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ । जस अनुसार जेष्ठ नागरिक तर्फ राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ७६ वर्षिय लोकबहादुर मल्ल, वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी ७५ वर्षिय रामस्वरूप चौधरी, वडा नम्बर ८ बिजौरी निवासी ७४ वर्षिय रामप्रसाद उपाध्याय, वडा नम्बर ३ बसन्तपुर निवासी ७५ वर्षिय केशवराज शर्मा, वडा नम्बर ८ पिपरी निवासी ७४ वर्षिय गिरधर शाहीलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको छ ।त्यसै गरि उत्कृष्ट बाल बचतकर्ता तर्फराप्ती गाउँपालिका–५ कमलरोड निवासी श्रदा ज्ञवाली, वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी आयुस चौधरी सम्मानित भएका छन् । त्यसै गरि असल ऋणीको रुपमा लमही नगरपालिका–६ देउपुर निवासी सिता विक, सोही ठाउँकै सुर्यप्रसाद चौधरी, राप्ती गाउँपालिका–६ सगरापुर निवासीशिवा राहु मगर, वडा नम्बर ७ छोट्की सिसहनियाँ निवासी नारायण चौधरी सम्मानित भएका छन् । त्यस्तै २०७९ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउन सफल सिरिन भ्याली पव्लिक स्कुल मौरीघाटकी छात्रा प्रवेशिका शर्माले ३.८० र गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका छात्र रिजन भण्डारीले ३.७० जिपिए ल्याउन सफल भएकोले दुवै जना सम्मानित भएका छन् । भने २०६५ साल देखि हाल सम्म संस्थाको अध्यक्ष पदमा रहि संस्थाको कठिन अवस्थालाई पार गर्दै संस्था पुर्नजिवित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थाका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवध्वज मल्ल, निवर्तमान उपाध्यक्ष मोमबहादुर रोका, कोषाध्यक्ष हरिप्रसाद ज्ञवाली र सदस्य विष्णुकुमारी पुन रावतलाई संस्थाले सम्मान गरेका छ ।संस्थाका उपाध्यक्ष लिलबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार शिवध्वज मल्ल, अधिवक्ता कुमारराज श्रेष्ठ, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्ययक्ष भरतप्रसाद पाण्डे, सिसहनियाँ उद्योग वाणिज्य संघका उपाध्यक्ष युवराज सेन ठकुरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक खगेश्वर शर्मा, सल्लाहकारहरु हनुमान चौधरी, कृष्ण गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई संस्थाले नियुक्त पत्र समेत प्रदान गरेको थियो भने कार्यक्रममा थारु, मगर लगायतका विभिन्न संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव राधा पाण्डेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे