LISTEN LIVE RADIO

देउखुरीकाे कालाकाटेमा सुरक्षाकर्मी र पत्रकार सहित ६५ जनाद्वारा रक्तदान



भालुवाङ १६ पुस । दाङ-देउखुरीकाे कालाकाटेमा आयाेजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कालाकाटे सव-डिभिजन वन कार्यालय कालाकाटे देउखुरी-दाङकाे आयाेजना तथा रक्त सञ्चार इकाई भैरहवाकाे प्राबिधिक सहयाेगमा आयाेजित रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारण सहित ६५ जनाले रक्तदान गरेका हुन् ।

सव डिभिजन कार्यालय कालाकाटेका प्रमुख एजाज अहम्मद अन्सारीकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी वल २९ नम्बरको हेटक्वाटर ज्वालामाई गणका सई कृष्णबहादुर पलानीकाे नेतृत्वमा १५ जना सशस्त्र प्रहरी, कालाकाटे प्रहरी चाैकीका सई लिलाराम चन्द र पत्रकार बिदुर एमसी सहित ६५ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारी, लुम्बिनी प्रदेश सांसद कन्हैलाल बनियाँ, सशस्त्र प्रहरी वल २९ नम्बरको हेटक्वाटर ज्वालामाई गणका एसपी गाेपाल श्रेष्ठ, डिभिजन वन कार्यालय देउखुरीका वन अधिकृत राजु क्षेत्री, लाेकतान्त्रिक समाजबादी पार्टीका केन्द्रीय सदस्य रबिदत्त मिश्रा, जनता समाजवादी पार्टीका कपिलबस्तु उपाध्यक्ष इर्फान खान र स्थानीय वन महासंघ गढवाका अध्यक्ष नबराज शर्मा लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

उक्त रक्तदान कार्यक्रममा रक्त सञ्चार इकाई भैरहवाका प्राबिधकहरू संगिता सापकाेटा, दिपकुमार चाैधरी र पुजा चाैधरी सहित स्वास्थ्यकर्मीकाे टिमले परिचालन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे