LISTEN LIVE RADIO

सिपी संस्था द्वारा राप्तीका विपन्न विद्यार्थीहरुलाई नगद तथा साइकल वितरण



सिपी संस्था द्वारा राप्तीका विपन्न विद्यार्थीहरुलाई नगद तथा साइकल वितरण

मसुरिया १६ पुस । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले दाङ-देउखुरीको राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नगद तथा नयाँ साइकल वितरण गरेको छ । राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा सँगकाे समन्वयमा संस्थाले साेमबार सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना पालिकाकाे विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यनरत  गरिब, विपन्न तथा दलित विद्यार्थीलाई नगद र विद्यालय देखि टाढा घर भएका १५ जना विद्यार्थीहरु नयाँ साइकल वितरण गरेको हाे ।

संस्थाले क्याम्पस तहमा अध्यनरत ८ विद्यार्थीलाई प्रति विद्यार्थी ९ हजार र माध्यमिक तह अध्यनरत ६ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ६ हजारका दरले १ लाख ८ हजार रुपैयाँ वितरण गरिएको संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरीले जानकारी दिइन् । त्यस्तै संस्थाले विद्यालय देखि टाढा घर भएका १५ जना विद्यार्थीहरु १ लाख २९ हजार बराबरको नयाँ साईकल समेत वितरण गरेको छ। विपन्न विद्यार्थीलाई अध्यन कार्यमा सहयोग गर्दै पढाइप्रति थप आकर्षित गर्ने उदेश्यले उक्त नगद तथा नयाँ साइकल वितरण गरिएको संस्थाकी महिला शसक्तिकरण संयाेजक सरिता चाैधरीले जानकारी दिइन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी, शिक्षा, युवा तथा खेलकुद प्रमुख विश्वास विक , सर्वाेदय माविका प्रधानाध्यापक गाेविन्द केसी, समाजसेवी जगतप्रसाद पाेख्रेल, सुरेश चाैधरी र संस्थाकी प्रेसा चाैधरी लगायतको सहभागिता रहेको थियोे । विसं २०६४ सालमा दाङको गढवा गाउँपालिकामा सिपी नेपालले शाखा स्थापना गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा विद्यालय भवन निर्माण गर्नेदेखि महिला सशक्तीकरणका लागि काम गर्दै आइरहेको सिपी नेपालकी विद्यार्थी संयोजक चौधरीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे