LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने



भालुवाङ ७ चैत । दाङको राप्ती गाउँपालिकामा ७ दिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं, तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो ।

राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावमा कारण आँखा उपचारबाट बन्चित भएका नागरिकहरुका लागि निशुल्क आँखा उपचार गर्ने उद्देश्यले साे शिविर संचालन गर्न लागिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।

गाउँघरमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुने र उनीहरूकाे स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य हुने भएकाले यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुग्ने अध्यक्ष विष्टले विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार पालिकाकाे ७ स्थानमा आँखाको जाँच गरिने र सामान्य उपचार गरिने छ। चैतको १० गते सुरु गरिने शिविरको पहिलो दिन पत्थरगढवा सामुदायिक स्वास्थ इकाईमा, ११ गते माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा, १२ गते भालुबाङ अस्पतालमा, १३ गते देविकाेट सामुदायिक स्वास्थ इकाईमा, १४ गते करङ्गेकाेट हेल्थहटमा, १५ गते लालमटिया महिला भवनमा, १६ गते सिसहनियाँ स्वास्थ चौकीमा र १८ गते गोवरडिहा स्वास्थ्य चाैकीमा बिरामीहरुको आँखाको परिक्षण र सामान्य उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाले दिएको जानकारि अनुसार उक्त सात स्थानमा छनौट भएका मोतिबिन्दुका विरामिहरुको तिलगंगा सर्जिकल आँखा उपचार केन्द्र सिसहनियामा २०७९ चैत २० र २१ गते तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं बाट आउनु हुने बरिष्ठ नेत्र राेग विशेषज्ञ टोलीद्वारा नि:शुल्क शल्यक्रिया गरिनेछ । निशुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन गाउँ पालिकाले सम्पूर्ण सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे