LISTEN LIVE RADIO

रुकुमका एक पुरुषको शव गाडिएको अवस्थामा फेला



भालुवाङ ७ चैत । विगत ६ दिनदेखि हराईरहेका रुकुम पश्चिममा एक पुरुषको शव आज फेला परेको छ । मुसिकोट नगरपालिका ३ छेरा निवासी ६० बर्षिय लोकबहादुर केसीको शव छेडा नजिकै गड्याङ भन्ने स्थानमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक डिएसपी नमराज भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार सडक देखि अन्दाजी ६० मिटर तल माटोमा गडिएको अवस्थामा शव फेला परेको हो । उक्त शव पुरिएको अवस्थामा भेटिएकोले हत्या गरिएको हुनसक्ने मृतकका आफन्तीहरुको भनाई रहेको छ । उनी घाँस काट्न भनेर चैत १ गते घरबाट निस्केको र घर नफर्किय पछी चैत २ गते प्रहरीमा निवेदन परेको थियो ।

डिएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले नेपाल प्रहरीको तालीम प्राप्त कुकुरको सहायताबाट खोजतलास गर्दै जादा आज शव फेला परेको हो । केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरीरहेको र घटनाको अनुसन्धान भैरहेको डिएसपी भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे