LISTEN LIVE RADIO

देउखुरीकाे पाखापानीमा फागुन २४ देखि ‘प्रथम शिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला’ सञ्चालन हुँदै



भालुवाङ २१ फागुन । दाङ—देउखुरीको पाखापानीमा यही फागुन २४ देखि ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला-२०८०’ सञ्चालन हुने भएको छ । महाशिबरात्री पर्वको अवसर पारेर राप्ती गाउँपालिका—१, पाखापानी स्थित सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही फागुन २४ गतेदेखि २८ गते सम्म ‘प्रथम सिद्धेश्वरी महाशिवरात्री साँस्कृतिक मेला-२०८०’ सञ्चालन हुन लागेको हो ।

‘धर्म र परम्परा हाम्रो संस्कार, संस्कृतीको संरक्षण गरौं, शिवरात्री पर्व भव्यताका साथ मनाऔं’ भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नं. १, पाखापानी स्थित मन्दिरको प्राङ्गणमा साँस्कृतिक मेला सञ्चालन गर्न लागिएको आयोजक सिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीका अनुसार कार्यक्रमबाट भएको आम्दानी मन्दिर व्यवस्थापनको साथै नव पतिभा आधारभुत विद्यालय पाखापानीको व्यवस्थापनमा सहयोग प्रदान गरिने मुख्य उदेश्य राखिएको छ ।

मन्दिरमा महाशिवरात्रीको अवसरमा पुजापाठ सँगसँगै साँस्कृतिक कार्यक्रम समेत हुनेछ । कला संस्कृतिको जगेर्ना गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलाले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्धनमा थप टेवा पुग्ने आयोजकको दावी छ । साँस्कृतिक मेलामा बाल उद्यान तथा बालबालिकाहरुका लागि विभिन्न मनोरञ्जनका स्टलहरु रहनेछन् ।

यस्तै मेला अवधीभर ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति रहनुको साथै मेला अवधीभर खुल्ला नृत्य प्रतियोगिता पाखापानी डान्स आइडल समेत हुने भएको छ । पाखापानी डान्स आइडलमा प्रथम हुनेलाई नगद १५ हजार र म्युजिक भिडियोमा खेल्ने अवसर दिइनेछ भने दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था समेत गरीएको छ । मेला अवधिभर न्यु डान्स क्रियशन लालमटियाको बेजोड प्रतुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे