LISTEN LIVE RADIO

तुलसीपुर महोत्सव तीन दिन थप, आज गायक प्रमोद खरेल आउँदै



तुलसीपुर महोत्सव तीन दिन थप, आज गायक प्रमोद खरेल आउँदै

तुलसीपुर ७ पुस । दाङको तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरिय केषि पर्यटन महोत्सवको समय तीन दिन बढाइएको छ । तुलसीपुरमा पुस्तकालय स्थापना गर्नो उदेश्यले युथ्स अफ तुलसीपुरका आयोजनामा संचालनमा रहेको महोत्सवको समय पुस ९ गते थप भएको हो ।

दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स बफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए । महोत्सवमा बुधवार गायक बद्री पंगनीले दर्शकलाई छमछम नचाएका थिए पंगेनीले दर्जन बढी गित गाएका थिए भने अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन ।

बुधवार १४ हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक डम्बर डाँगीले बताए । यस्तै आज बिहीबार चर्चित गायक प्रमोद खरेल, गायीका टिका सानु, गायक तथा उद्घोषक दिपक खड्का लगाएतका कालाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे