लाेक दाेहाेरी गायक तथा माेडेल सन्दिप न्याैपानेकाे “ओक्कल दोक्कल” गित चर्चामा



लाेक दाेहाेरी गायक तथा माेडेल सन्दिप न्याैपानेकाे “ओक्कल दोक्कल” गित चर्चामा

ओमप्रकाश गुप्ता, भालुवाङ १४ कार्तिक । दाङ देउखुरीका चर्चित तथा अब्बल लोकदोहोरी गायक तथा माेडेल सन्दिप न्यौपानेकाे पछिल्लाे गित “ओक्कल दोक्कल” बजारमा आए लगतै चर्चामा पुगेकाे छ ।

केहि समय अघि उनले स्वर दिएको लालुमै बोलको गितबाट उनी एकाएक चर्चाको शिखरमा पुगेका हुन् । उनले गायन संगै शब्द र अभिनयमा समेत आफ्नो कला प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समयका युवा पुस्तामा सन्दिप मुटुको ढुकढुकी बनेका छन । बालक देखि बृद्द सम्मले अहिले उनलाई चिन्ने गर्दछन् ।

“ओक्कल दोक्कल” गितमा गायक सन्दिप र साहिमा श्रेष्ठको आवाज रहेको छ भने गायक आफैले शब्द लेखेका छन् । गीतको कम्पोज र एरेन्ज गोविन्द मधुर आचार्यले गरेका छन् । यो गीतले पनि छोटो समयमा युटुबमा दोस्रो स्थान पाउन सफल भएको छ । द कार्टुन्ज क्रिउ नामक युटुब च्यानलबाट सार्बजनिक भएको एक हप्तामै ७ लाख ५५ हजार ७ सय २१ जनाले हेरी सकेका छन् ।

बालापनको झल्को दिने खालका शब्द समाबेश गरिएको छ । बालपनमा आफु संग दौतरी मिल्ने संगी साथिसंग खेल्दा प्रयोग हुने बोलि ओक्कल दोक्कल शब्दलाई टपक्कै टिपेर गायकले गीतमा उतारेका छन् । बालापनको झल्को आउने खालका शब्द भएको कारण सबैले मन पराएको गायक न्यौपानेको भनाई छ । स्रोताले अत्याधिक मन पराएको यस गित ट्रेण्डिङ एकमा पर्न सक्ने प्रवल सम्भावना रहेको छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे