LISTEN LIVE RADIO

गायक भुपु पाण्डे र मेलिना मैनालीको तिहार गीत “मेरो दाइ” सार्वजनिक (भिडियो सहित)



गायक भुपु पाण्डे र मेलिना मैनालीको तिहार गीत “मेरो दाइ” सार्वजनिक (भिडियो सहित)

ओमप्रकाश गुप्ता, भालुवाङ १४ कार्तिक । गायक भुपु पाण्डे र मेलिना मैनालीको तिहार गीत “मेरो दाइ” सार्वजनिक भएकाे छ ।  नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अब केही हप्ता मात्र बाँकि छ। यसवर्षको तिहारलाई लक्षित गर्दै अब्बल गायक तथा संगीतकार भुपु पाण्डेको तिहार विशेष गीत बजारमा आएकाे हाे।

शुक्रबार सार्वजनिक भएको “मेरो दाइ” बोलको तिहार विशेष गीतमा भुपुको संगीत, संगीत संयोजन अनि सुमधुर आवाज रहेको छ। गीतमा भुपुलाई गायिका मेलिना मैनालीले साथ दिएकी छिन् । गीतका शब्द मधुकरकवी उपाध्यायले लेखेका हुन् । दाजु वहिनीको विशेष सम्बन्ध अनि सामीप्यता झल्किने तिहारमा दाजु बहिनीले एकअर्कालाई दिइने आशिष गीतमा प्रस्तुत गरिएको छ।

गीतका प्रत्येक शब्दहरुले दाजु बहिनीको प्रेमिल सम्बन्ध झल्काउने गर्छन् । गीतमा भुपु र मेलिनाको गायिकी एकदम उत्कृष्ट छ। यसभन्दा अघि रिलिज भुपुको “छोटो छ जिन्दगी” बोलको गीतबाट डेव्यु गरेकी मेलिनाको भुपु संग यसै गीत मार्फत दोस्रो सहकार्य गरेकी हुन् ।

गीतको अडियाे संगै भिडियो पनि आकर्षक बनेको छ। कोरोना महामारीका कारण होला सायद सामान्य भिडियो निर्माण गरिएको छ। तर गीतको भाव भने भिडियोमा सहजै महशुस गर्न सकिन्छ। भिडियोमा भुपु र मेलिना नै फिचर्ड छन् । भुपु दाजुको भुमिकामा छन् भने मेलिना बहिनीको भुमिकामा। दाजु बहिनीको भुमिकामा उनीहरूको केमिस्ट्री गजबको देखिएको छ।

दाजु बहिनीमा हुनुपर्ने माया, ममता अनि हेरचाहलाई प्रेमिल तरिजाले आफ्नो अभिनय मार्फत भुपु र मेलिनाले भिडियोमा देखाएका छन् । भिडियोमा टिडब्लुपीको निर्देशन रहेको छ। राज पोखरेलले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् ।भने मनोज कार्कीले भिडियो सम्पादन गरेका छन् । भिडियोको पोस्टर डिजाइन पवन सिंखडाले गरेका हुन् । गीतको भिडियो भुपु पाण्डेकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

हेर्नुस् भिडियो..

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे