शान्त शिशिरको सङ्गीत र अभिनय रहेको “बेसारे माया” गीत सार्बजनिक



शान्त शिशिरको सङ्गीत र अभिनय रहेको “बेसारे माया” गीत सार्बजनिक

काठमाडौं १७ जेष्ठ । शान्त शिशिरको सङ्गीत र अभिनय रहेको “बेसारे माया” गीत सार्बजनिक भएकाे छ । लुम्बिनी प्रदेश प्युठान जिल्लामा जन्मिएका शान्त शिशिर ले राजधानी लाई आफ्नो कर्मथलो बनाई करिब डेढ दशक लामो समय कलाकारिता क्षेत्रमा संघर्ष गरेका सर्जक सङ्गितकार तथा ग्राफिक्स डिजाइनर शिशिर लाई यसपालि भने फरक दृश्य मा देख्न सकिन्छ।

नबिन बाबु विश्वकर्माको शब्द, शान्त शिशिरको संगीत र हेमन्त शिशिरको एरेन्ज मिक्सिङ मा रहेको गीत “बेसारे माया”मा कर्णप्रीय स्वरका धनी बिक्रम परियार र भाईरल गायिका अञ्जु विश्वकर्माले आवाज दिएका छन् ।

गीतमा कुशल मोडल, निर्देशक र कोरियोग्राफर काजिश श्रेष्ठ, शान्त शिशिर, सञ्चिता शाही र सुस्मा कुँवरलाई देख्न सकिन्छ । रक कौशलले छायांकन र दिपक विस्टकोे भिडियो सम्पादन रहेको गीत शान्त शिशिर अफिसियल यूटुबबाट बुधबार सार्बजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे