राप्तीकी चेली सर्मिला पुनले अभियनको तीज गीत आफै कमाउछु, आफै रमाउँछु सार्वजनिक



राप्तीकी चेली सर्मिला पुनले अभियनको तीज गीत आफै कमाउछु, आफै रमाउँछु सार्वजनिक

भालुवाङ २२ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी सर्मिला पुनले अभियन गरेको तीज गीत आफै कमाउछु, आफै रमाउँछु सार्वजनिक भएको छ ।सुनिल गौतम युटुव च्यानलबाट मंगलवार बेलुका ५ बजे सो तीज गीत सार्वजनिक भएको डान्सर तथा मोडेल सर्मिला पुनले बताइन् ।
शान्ति श्री परियार र संदिप सेन्चुरीको आवाजमा रहेको सो गीतमा सर्मिला पुन, अभिषेक मल्ल र सुलभ पौडेलले अभिनय गरेका छन् । लेखन तथा शब्द संदिप सेन्चुरी र निर्मता सुनिल गौतम रहेका छन् ।गीतले कसैको भरमा नपरि आफै मेहनत गरी कमाउने र आफुले कमाएको धनमा मात्र रमाउने भन्ने संदेश दिन खोजेको छ । पछिल्लो समय तीज मनाउने नाममा विकृति फैलिदै जान थालेकाले मौलिकतामा गीत मार्फत जोड दिन खोजिएको छ । मोडेल तथा डान्सर पुन विभिन्न मेला, महोत्सवमा भाग लिने, विद्यालय तथा संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लिटिल एन्जल्स स्कुलमा डान्स शिक्षकको रुपमा समेत कार्यरत रहेकी छिन् ।

हेर्नु होस् यो पुरा भिडियो

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे