LISTEN LIVE RADIO

काेराेना सङ्क्रमणबाट दाङका थप एक पुरुषको कोहलपुरमा मृत्यु



काेराेना सङ्क्रमणबाट दाङका थप एक पुरुषको कोहलपुरमा मृत्यु

सन्ताेषकुमार गुप्ता, दाङ १५ कार्तिक ।

काेराेना सङ्क्रमणबाट दाङका थप एक पुरुषको आज बिहान कोहलपुरमा मृत्यु भएकाे छ । घोराही उपमहानगरपालिका ४ का ७० वर्षिय पुरुषको आज विहान ५ वजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका ती पुरुषकाे  मृत्यु भएको हाे । स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ११ गते अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको १२ गते स्वाव परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

लगत्तै उनलाई कोभिड युनिटमा स्थानान्तरण गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १८ जनाको मृत्यु भएको छ । मृतकको अन्तेष्टि कहाँ र कसरी गर्ने भन्ने विषयमा पारिवारीक सल्लाह भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे