समीर परियारको नयाँ कोसेली “तिमी बिना शहर” सार्वजनिक (भिडियाे सहित)



समीर परियारको नयाँ कोसेली “तिमी बिना शहर” सार्वजनिक (भिडियाे सहित)

काठमाडौं १ असार । समीर परियारको सिर्जना नयाँ कोसेली “तिमी बिना शहर” सार्वजनिक भएको छ। गायक सर्जक तथा सङ्गितकार समीर परियारले नयाँ सिर्जना कोरेका छन्। लम्जुङ जिल्लामा जन्मिएका समीरले लामो समय गीत सङ्गीतको क्षेत्रमा संघर्ष गरेका छन्।

झण्डै १ दशक देखि साङ्गितिक क्षेत्रमा संघर्ष गरेका समीरले करिब दर्जनौ गीतमा आफ्नो स्वर, शब्द मात्रै नभएर अभिनय पनि गरेका छन् । समिरले नेपाली कथामा आधारित टेलि शिरियल “जेठी” मा पनि अभिनय गरेका छन् ।

बहुप्रतिभाशालीका रूपमा परिचत समिर साङ्गितिक क्षेत्रमा सक्रिय रहेका छन् । उनी भन्छन् पब्लिक सामु चर्चा कमाउन नसकेता पनि गित संगीत लाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एक न एक दिन कसो सफल नहुला र जस्तो लाग्छ । जीवन रहे सम्म गीत संगीतमा लाग्ने छु” बताए ।

गत २०८० चैत्र २८ गते शुन्दरनगरीमा पोखरामा सम्पन्न उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० मा आँसुको उपहार बोलको गीत मार्फत नवगायकको पुरस्कार स्वरुप अवार्ड जित्न सफल भएका थिए । समिर भन्छन जुन पुरस्कारले मलाई अझै काम गर्नलाइ उर्जा मिलेको छ । सम्पुर्ण मेरा भगवानरुपी दर्शक तथा शुभ चिन्तकहरुलाई धन्यवाद समेत दिए ।

तिमी बिना शहर गित बिहीवार जेष्ठ ३१ गते सार्वजनिक गरिएको थियो गित मा खिमा रोका दिलकुमार श्रेष्ठ को आवाज र समीर परियार को सङ्गीत तथा शब्द राज बाबू नेपाली र आरिया तामाङ को अभिनय पर्बत जिल्ला का समित परियार को एरेन्ज मिक्सिङ रहेको छ।

याे हेर्नुस् पूरा भिडियाे…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे