देउखुरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीकाे वार्षिक साधारणसभा सम्पन्न



देउखुरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीकाे वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ २९ भदौ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा राष्ट्रिय लोक तथा दाेहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको छैठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष दिपु मगरको अध्यक्षता एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय अध्यक्ष दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राइमाझीले अब प्रतिष्ठान भित्र बौद्विक बसह चलाउनुपर्ने बेला आएको बताएका छन् । उनले अब आउने केन्द्रीय साधारणसभा विधानसभा भएकाले के–कस्ता समस्या छन् विधानलाई परिवर्तन गरेर त्यसको निष्कर्श निकालेर अगाडी बढ्न आग्रह गरेका छन् ।

त्यस्तै प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खिम हमालले गीतसंगीतमा आएको विकृति विसंगतिका बारेमा चासो गरे । कार्यक्रममा केन्द्रीय सचिव दिपक गरौजा, पुर्व केन्द्रीय सचिव प्रचण्ड जिसी, केन्द्रीय सदस्य पुरुषोत्तम भण्डारी (पुर्खे बा), पुर्व केन्द्रीय सदस्य प्रेम प्रकाश मल्ल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका सल्लाहकार राधेश्याम राजभण्डारी, रुपन्देही अध्यक्ष विजय सापकोटा, दाङ जिल्लाका अध्यक्ष राजेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । अग्रज कलाकार सम्मान भिमा सुवेदी (पुष्पा खड्का), लोक पत्रकारिता पुरस्कार शमसेर जिसी, बाध्यवादन दिपक पुन मगर र नव प्रतिभा पुरस्कार परि विसीलाई प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट जिल्ला रुपन्देही र दाङ, उर्जाशिल जिल्ला गुल्मी, रचनात्मक कार्य गर्ने जिल्ला नवलपरासी र अनुसाशित जिल्ला कपिलबस्तुलाई प्रदान गरिएको छ ।

कार्यसमिति भित्र उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्य पुरुष विष्णु जि पाण्डे माईला बा र महिलामा दुर्गा नेपाललाई सम्मान प्रदान गरिएको थियोे भने कार्यक्रममा उपस्थित अथितिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै कार्यक्रममा थारुहरुको संस्कृति झल्किने झुम्राबाट स्वागत गरिएको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव लोकराज पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे