बाग्लुङे गायक तथा मोडल आचार्य ले जिते चिनारी तीज म्यूजिक अवार्ड २०८१



बाग्लुङे गायक तथा मोडल आचार्य ले जिते चिनारी तीज म्यूजिक अवार्ड २०८१

काठमाडाैँ १४ भदाै । गायक तथा मोडल सन्तोष आचार्य ले चिनारी तीज म्यूजिक अवार्ड २०८१ मार्फत सर्वोत्कृष्ट गायक बिधा बाट अवार्ड जित्न सफल भएका छन् । बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुश्मिसेरा मा जन्मिएका पिता पदमनाथ शर्मा माता लक्ष्मी देवि शर्मा का कान्छा सुपुत्र सन्तोष शर्मा आचार्य झण्डै १ दशक साङ्गितिक क्षेत्रमा संघर्ष गरेका आचार्य ले दर्जनौ गित मा आफ्नो स्वर, शब्द मात्रै नभएर अभिनय पनि गरेका छन आचार्य कार्यक्रम उधद्घोषक पनि हुन् ।

त्यति मात्र होइन प्रत्यक्ष दोहोरिमा माहिर कलाकार को रुपमा लिइन्छ उन्ले अहिले सम्म करिव २ दर्जन भन्दा बढी लाइभ दोहोरी गाएका छ्न यस्ता ब्यक्ती लाई भनिन्छ बहुप्रतिभा शाली कलाकार साङ्गितिक क्षेत्रमा अत्यन्तै सक्रिय रहेका छन्।काठमाण्डौ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ( चिनारी तीज म्यूजिक अवार्ड २०८१) फाइनल घोषणा कार्यक्रम राखिएको थियो ।

आचार्य  हेर्दा सानै भएपनी साङ्गितिक क्षेत्रमा संघर्ष ले निखारिएका एक प्रतिभावान कलाकार हुन । भन्छन् पब्लिक सामु बिस्तारै चर्चा कमाउदै छु तर पनि गित संगीत लाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एक न एक दिन कसो सफल नहुला र जस्तो लाग्छ । जीवन रहे सम्म गित संगीत मा लाग्ने छु बताए ।

उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको धौलागिरी राष्ट्रिय य संगीत तथा फिल्म अवार्ड २०८१ का प्रमूख अतिथि प्रथम महिला मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्य जज्यूले कलाकार हरु देश का महत्वपूर्ण अंग भएको र  यिनलाइ राज्यले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सास्कृतिक सम्मान कार्यक्रम हरु गरेर कलाकार हरु लाई अवार्ड तथा सम्मान बितरण  गर्नाले अग्रज लाई सम्मान नव लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवाश्यक्ता बताउदै कार्यक्रम आयोजक सस्था र सस्थालाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे