LISTEN LIVE RADIO

होटल पौवा भालुवाङद्धारा नयाँ वर्ष बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न



होटल पौवा भालुवाङद्धारा नयाँ वर्ष बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

भालुवाङ १ वैशाख । २०७८ सालकाे बिदाइ र नयाँ वर्ष २०७९ काे स्वागत स्वरुप  होटल पौवा भालुवाङले बुधवार राती नयाँ वर्ष बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानीमा रहेकाे हाेटल पाैवाले सांस्कृतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ मनाएकाे  छ । चैत ३० गते बुधवार साँझ ८ बजे देखि कार्यक्रम सुरु भइ राती ठिक १२ बजे नयाँ वर्ष २०७९ लाइ नाचगान सहित भव्य तरिकाले स्वागत गरिएकाे थियाे ।

होटल पौवा प्रालिका अध्यक्ष दुर्गा भण्डारीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा स्थानीय कला संस्कृती जगेर्ना गर्न यस्तो कार्यक्रमकाे आयोजना गरिएकाे होटेल पौवाले जानकारी दिएको छ ।

राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारले करिब तीन हजार दर्शकलाई मनोरञ्जन दिएका थिए । साँस्कृतिक कार्यक्रमलाइ चर्चित लोक गायक पशुपति शर्मा , लोक गाइका अस्मिता डल्लाकोटी , सुरज परियारले आफ्ना चर्चित गित मार्फत करिब चार घण्टा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

उक्त कार्यक्रममा समाज सुधार युवा क्लबले थारुजातिमा प्रचलित लठ्ठी नाच प्रस्तुत गरेको थियो, भने अन्य स्थानीय कलाकारले पनि विभिन्न प्रस्तुति दिएका थिए ।पर्यटन प्रबर्द्धनको यस्ता किसिमका कार्यक्रम आयोजना गरिएको होटल पौवाले जानकारी दिएको छ । होटल पौवा प्रालिका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सञ्चारकर्मी भुवन भुसालले गरेका थिए ।

पौवा प्रा.लि.द्धारा संञ्चालनमा रहेका १२ वटा शाखा मध्ये ३ वटा शाखामा नयाँ बर्ष बिशेष बृहत सांस्कृतिक कार्यक्रम संचालन गरेकाे थियाे ।रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिएकाे होटेल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । बुटवलमा भएकाे कार्यक्रममा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुती रहेकाे थियाे । त्यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियाे । कार्यक्रम हेर्न आएका दर्शकहरुका लागि ‘५० रुपैयाँ देखि विविध प्रकारका खाजा र खानाको व्यवस्था समेत गरिएको थियाे । स्थापनकाल देखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरुमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरु हुँदै आएका छन् ।

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हाल सम्म पौवाले कणर्ाली प्रदेशको जुम्ला र सुद्रपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ । चैत्र महिना देखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको प्रबन्ध निर्देशक ज्ञवालीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे