LISTEN LIVE RADIO

प्रेस चौतारीले दाङका दश वटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने



प्रेस चौतारीले दाङका दश वटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने

भालुवाङ ३० चैत । प्रेस चौतारी दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका दशवटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने भएको छ ।

चौतारी दाङको बुधवार बसेको बैठकले दशवटै पालिका र पालिकाहरुलाई समन्वय गर्न जिल्लास्तरीय छुट्टै सञ्चार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले एक वडा एक चौतारी अभियानको समीक्षा गर्दै बाँकी ५ पालिकामा वैशाख २ गते प्रशिक्षण र पालिकास्तरीय कमिटी गठन गर्ने निर्णय गरेको छ । यसअघि जिल्लाका घोराही, उपमहानगरपालिका, बबई, शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा चौतारीको पालिकास्तरीय कमिटी गठन भइसकेको छ ।

बैठकले कमिटी गठन र प्रशिक्षणको सहजीकरणका लागि चौतारीका केन्द्रीय सदस्यहरु टीका बस्नेतलाई लमही नगरपालिका, गणेश आचार्यलाई तुलसीपुर उपमहानगरपालिका, दंगीशरणमा सन्तोष दहित र गढवा गाउँपालिकामा रीता लामालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी पालिकाकाले गरेका राम्रा कामको ब्रोसर निर्माणको लागि केन्द्रीय सदस्य टीका बस्नेतको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दुर्गालाल केसी, जे.एन. सागर, वसन्त आचार्य, रञ्जिता शर्मा, छवि पुरी र निमुसंगम घर्तीलाई जिम्मा दिने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले जानकारी दिए ।

बैठकमा प्रेस चौतारी नेपालको नवौँ महाधिवेशन र लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट जिल्लाबाट निर्वाचित पदाधिकारी, सदस्यलाई स्वागत सम्मान पनि गरिएको थियो ।

बैठकमा चौतारीका पालिका संयोजकहरुले पालिकामा संगठनले गरेको कामको रिपोर्टिङ गरेका थिए । बैठक चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्य र नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शरद अधिकारी, चौतारीका केन्द्रीय सदस्यहरु टीका बस्नेत, गणेश आचार्य, सन्तोष दहित, रीता लामा, चौतारी दाङका सल्लाहकार रञ्जिता शर्मा र चौतारी दाङका नेता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकको सहजिकरण चौतारी दाङका सचिव गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे