LISTEN LIVE RADIO

लोकदोहोरी गायक बिक्रम रानाकाे ‘चरी नाँचे’ बोलको गित सार्वजनिक



लोकदोहोरी गायक बिक्रम रानाकाे ‘चरी नाँचे’ बोलको गित सार्वजनिक

प्यार अलि खाँन, दाङ १ कार्तिक । युवा पुस्ता माँझ लोकप्रिय बन्दै गएका प्यूठानी लोक तथा दोहोरी गायक बिक्रम रानाले ‘चरी नाँचे घरको धुरी धुरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन्।

चर्चित गायिका मेलिना राई संगै रानाको आवाज रहेको गितमा एक नारायण भण्डारीको सब्द संगित रहेको छ। गितमा अहिलेका चर्चित गायक तथा मोडल प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय रहेको छ भने प्रकाश भट्टले कोरियोग्राफी गरेका छन्। अजय रेग्मीले क्यामेरा घुमाएको गितलाई आशिष अभिरलले एरेन्ज गरेका छन्।

हालै केही दिन अघि गायक रानाले दशैं तिहार लछित छोरी अभागी बोलको गीतमा जानकी तारमी मगरसंग आवाज दिएका थिए। करिब एक दर्जन लोक तथा दोहोरी गीत बजारमा ल्याइसकेका गायक रानाको साइँलो र मोयाँले बोलको गीत सर्वाधिक चर्चित र सफल भएका गित हुन।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे