मृगौला दिवसमा सचेतना ¥याली, दिर्घरोगको उपचारमा सरकारको ध्यान छ : शर्मा



मृगौला दिवसमा सचेतना ¥याली, दिर्घरोगको उपचारमा सरकारको ध्यान छ : शर्मा
लमही २७ फागुन । लमहीमा विश्व मृगौला दिवसको अवसरमा बिहिवार सचेतना मुलक ¥याली निकालिएको छ । स्वस्थ्य मृगौला सबैका लागि सबै ठाउँमा, मृगौला रोग संगै बाच्न सिकौं भन्ने मुल नाराका साथ विश्व मृगौला दिवस मनाइएको हो । रोटरी क्लव अफ लमहीले लमही सामुदायिक डायलाइसिसबाट निकालेको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
रोटरी क्लवका अध्यक्ष रविलाल आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शर्माले मृगौला, मुटु, क्यान्सर जस्ता दिर्घरोगको उपचारमा सरकारले बिशेष ध्यान दिएको र यस्ता रोग लाग्न नदिनको लागि समुदाय स्तरमा सचेतनाको आवश्यकता रहेको बताए । ‘समुदाय स्तरमा जनचेतना फैलाउन स्थानीय सरकार, सामुदायिक संघ संस्थाको बिचमा सहकार्य जरुरी छ’उनले भने–‘हामी सबैको चाहना रोग लाग्नु भन्दा लाग्नै नदिने उपायको खोजि गरि सोही अनुसार अनुशासित जीवनयापनमा ध्यान दिऔं ।’
जंक फुडलाइ सबैले निरुत्साहित गर्न समेत आग्रह गरे । यस्तै लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेले मृगौलाको सुरक्षामा ध्यान दिन मानिसले आफ्नो जीवनलाई अनुशासित बनाउनुपर्ने बताइन् । कार्यक्रमको सहजीकरण रोटरी क्लव लमहीका सचिव केशव घिमिरेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे