अर्घाखाँची लाहापेकी बोन म्यारो पिडित सारुलाई सहयोग आउने क्रम जारी



अर्घाखाँची लाहापेकी बोन म्यारो पिडित सारुलाई सहयोग आउने क्रम जारी

अर्घाखाँची २७ फागुन । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ लाहापे निवासी डिलबहादुर सारुको कान्छी छोरी १४ वर्षीया खिमा सारु (रिता) बोन म्यारो रोगका कारण भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ छिन् ।

बोन म्यारो पिडित खिमाको उपचार रकम अभाव खड्किन थालेपछि चिन्तित बनेको उनको परिवारलाई सहानुभुती प्रदान गर्न अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ८ निबासी अत्यन्तै जनप्रेमी सामाजिक समाजसेबी बुद्धीजिबी ब्यक्तित्व जलजला बोर्डिङ स्कुलका शिक्षक अभिभावक संघका संयोजक नारायणबहादुर मरसाङगी, अभिभावक छविलाल सोमै, मुमबहादुर सारु, धनबहादुर गाहा, मधु पुरीले लाहापे गाउँमै रकम संकलन गरी ४१ हजार ७ सय ९५ रुपैयाँ सहयोग बोन म्यारो पिडित खिमा सारु ( रिता ) को बुवा आमालाई घरमानै गएर हस्तानतरण गरेकोे बिद्यालयका प्रधानाध्यापक छबिलाल कडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे