जखेरामा ज्योती मगर र पहरुवामा गायक विक्रम राना सहितका कलाकारले मञ्च तताउने



जखेरामा ज्योती मगर र पहरुवामा गायक विक्रम राना सहितका कलाकारले मञ्च तताउने

सिसहनियाँ २७ फागुन । लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महाशिवरात्री पर्वको अवसर पारी हुन लागेको साँस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर आज लमही नगरपालिका ३ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल जखेराताल आउन लागेको आयोजकले बताएको छ ।फागुन २७ गते हुने साँस्कृतिक कार्यक्रममा ज्योती मगर सहित गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, कार्यक्रम प्रस्तोता अनुप बुढामगर, मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स ग्रुरुप र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ स्टारको सम्पुर्ण टिमले बेजोड साँस्कृतिक प्रस्तुति गर्ने आयोजकले जानकारी दिएको छ । स्थानीय काला, संस्कृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् । हरेक वर्ष शिवरात्री पर्वको अवसरमा जखेरा तालमा लाग्ने मेलाले स्थानीय तथा राष्ट्रिय कलाहरुको सम्वद्र्धधन गर्दै लोक संस्कृतिलाई उचाईमा पु¥याउन टेवा दिइरहेको ताल संरक्षण समितिका सह–अध्यक्ष रविध्वज थापाको भनाई छ ।

यता देउखुरीको राप्ती गाउँपालिका–५ मा अवस्थित शिवसवरी धाम पहरूवामा आज हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा पछिल्लो समय दर्शक तथा स्रोताहरुको मनमुटु छुन सफल गायक विक्रम राना सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताउने भएका छन् । फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक मेलामा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा सांस्कृतिक संयोजक संयोजक राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।मेलामा चर्चित थारू गायकहरू श्रीनिवास चौधरी, रोशन रत्गैयाँ, चर्चित लोकदोहरी गायक बिक्रम राना, चर्चित थारू गायिका समीक्षा चौधरी, चर्चित बहुभाषिक गायक राजेन्द्र चौधरी, गायिका बसन्ती चौधरी, गायकहरू दोसहरण चौधरी, सालिकराम चौधरी, लक्ष्मीमान चौधरी र शंकर चौधरीको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक चौधरीले जानकारी दिए ।

त्यस्तै मेलामा डान्सर तथा मोडेल सुनिता दहित, चर्चित मोडेलहरू विवश चौधरी, अभिसा लामा, निशु चौधरी, मधु चौधरी, नरेश भण्डारी, सन्तोष चौधरी, पुजा चौधरी, झरना चौधरी, सर्मिला चौधरी र पुष्पा चौधरीको समेत धमाकेदार प्रस्तुति रहने सांस्कृतिक संयोजक चौधरीले देउखुरी टुडेलाई जानकारी दिए । त्यसैगरी मेलामा चर्चित डान्सरहरू रेजिना चौधरी, एन्जल सोमई, नरेन्द्र चौधरी र हास्यब्यङ्ग्य कलाकार गौतम चौधरीको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे