कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक : ८१.१९ प्रतिशत परीक्षार्थीलाई ग्रेड प्राप्त
काठमाडौं २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले साउन २ र ३ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजामा ८१।१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । यस्तै तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ । सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
