तीज गीत घन्कियो मादल घुन्न सार्वजनिक
भालुवाङ २२ साउन । नयाँ तीज गीत ‘घन्कियो मादल घुन्न’ शुक्रबार सार्वजनिक भएको छ।
बाल्यकालमा सँगै हुर्किएका केटा–केटी साथीमध्ये केटीको विवाहपछि पराई घर पुगेको र तीजको अवसरमा माइती फर्किएपछि बाल्यकालका ती साथीबीच हुने जिस्क्याइ तथा पुराना सम्झनालाई गीतको कथावस्तुमा समेटिएको छ। गीतमा गायक मनोहर भण्डारी र गायिका रिया सुनारको स्वर रहेको छ। गीतको लय तथा शब्द मनोहर भण्डारी र अमृता भट्टराईले तयार गरेका हुन्। त्यस्तै, गीतको भिडियोमा श्रीधर कडेल, अर्जुन खड्का, गोमादेवी पौडेल र सिर्जना खड्काले मोडलिङ गरेका छन् भने गायक–गायिकाको भूमिकामा सन्तोष कुमार गुप्ता र सोनिया रोका मगरले अभिनय गरेका छन्।
गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन्। म्युजिक सिटी स्टुडियोमा तयार गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ प्रकाशमान श्रेष्ठले गरेका हुन्।
गीतको भिडियो गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क, बडहरामा छायांकन गरिएको हो। तीजको मौलिक संस्कृति, बाल्यकालको मित्रता र माइती–घरको भावनात्मक सम्बन्धलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीत शुक्रबार बेलुका ७ बजे गायक मनोहर भण्डारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
हेर्नुहाेस् पुरा भिडियाे
