दाङको राप्तीमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न



दाङको राप्तीमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

देउखुरी ९ जेष्ठ । दाङ—देउखुरीको राप्तीमा समुदायमा सरकारी वकिल तथा कानुनी सचेतना कार्यक्रम शनिबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय घोराही, दाङको आयोजनामा भएको कार्यक्रममा नेपालमा प्रचलित फौजदारी संहितामा भएका कानुनी व्यवस्था लगायतका बिषयमा जानकारी गराइएको थियो ।

समुदायस्तरका नागरिकहरुमा प्रचलित कानुनहरुको बिषयमा जानकारी गराई अपराध मुक्त समाज निर्माणमा सहयोग पुर्‍याउने उदेश्यले सरकारी वकिल तथा कानुनी सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यालयका जिल्ला न्यायधिबक्ता रत्नप्रसाद गिरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सबै नागरिकहरुले कानुनको सही रुपमा पाल्न गर्न सके मात्र अपराधमुक्त समाज बनाउन सकिने बताए । उनले भएका कानुनहरु सही रुपमा कार्यान्वयन हुन सके मात्र पनि अपराधिक गतिबिधिहरु केहीहद सम्म नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला न्यायधिबक्ता रत्नप्रसाद गिरीले अधिकांश नागरिकहरु कानुन नबुझै कै कारण अन्जानमा अपराधिक घटनामा संलग्न हुन पुगेको उदाहरण दिंदै कानुनको बिषयमा अधिकतम जानकारी राख्नु पर्ने बताए । उनले कानुन नुबझकै कारण धेरै जना कानुनी दायरामा आउनु परेको उदाहरण समेत दिए ।

कार्यक्रममा सहभागीहरुले प्रचलित कानुनी व्यवस्थाका बिषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुले सवारी दुर्घटना, बैदेशिक रोजगारी ठगी, साइबर अपराध, बहुबिबाह, बाल बिबाह, सम्बन्ध बिच्छेद लगायतका बिषयमा जिज्ञासा राखेका थएि । कार्यालयका सहायक न्यायधिबक्ता श्रीधर अधिकारीको बिषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रचलित कानुनी व्यवस्था, अपराध संहित, सवारी दुर्घटना, साइबर अपराध, मुदा अनुसन्धान लगायतका बिषयमा प्रस्तुतिकरण गर्नुका साथै कार्यक्रमको सहजीकरण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे