राप्तीमा रुखबाट खसेर १२ वर्षीया बालिका गम्भीर घाइते
देउखुरी ९ जेठ । दाङको राप्ती गाउँपालिका–१ माछिताल निवासी १२ वर्षीया अस्मिता कुमाल रुखबाट खसेर गम्भीर घाइते भएकी छन् ।
स्थानीय गोरबहादुर कुमालकी छोरी अस्मिता घर नजिक रहेको मौवाको रुखमा खेल्ने क्रममा अचानक खसेर घाइते भएकी हुन् । दुर्घटनामा उनको दुबै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ । साथीहरुसँग खेलिरहेको समयमा उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । घाइते बालिकाका बुवा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । घटनापछि छिमेकीहरूले तत्काल उद्धार गरी भालुवाङ अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याएका थिए । हाल त्यहाँ उनको उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्
