गढवाको बाँकी चोकमा दुई मोटरसाइकल ठोक्कियाे : ५ जना घाइते



गढवाको बाँकी चोकमा दुई मोटरसाइकल ठोक्कियाे : ५ जना घाइते

भालुवाङ २७ असार । दाङको गढवा गाउँपालिकाकाे बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा दुवै मोटरसाइकलमा सवार ५ जना घाइते भएका छन्। घाइतेहरूमा गढवा–१ जेठानगाउँ निवासी मोटरसाइकल चालक २३ बर्षिय पदम कुमाल, मोटरसाइकलमा सवार सोही ठाउँका १४ बर्षिय सुजन मगर, गढवा–४ खड्गपुर निवासी मोटरसाइकल चालक चण्डी भनिने मोहमद सहिद मनिहार, सोही ठाउँका मोटरसाइकलमा सवार ३० बर्षिय मक्सत अलि र सोही ठाउँका २८ बर्षिय साहिल मनिहार रहेका छन् ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि लमही अस्पताल पठाएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे