सरकारी गाडी दुरुपयोगको बचाउ गर्दै राप्तीका अध्यक्ष विष्ट : फोटो, भिडियो नखिच्न पत्रकारलाई ह्वीप
भालुवाङ ९ जेठ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका क्षेत्रका क्रियाशील पत्रकारहरूलाई लक्षित गरि सरकारी गाडी दुरुपयोगको विषयमा फोटो, भिडियो नखिच्न ह्वीप जानकारी गरेका छन् ।
शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष विष्टले पत्रकारहरूलाई यस्तो ह्वीप जारी गरेका हुन् । स्वतन्त्र पत्रकारिता माथि अंकुश लगाउँदै अध्यक्ष विष्टले पत्रकारलाई बिदाको समयमा सरकारी गाडी दुरुपयोगका विषयमा फोटो, भिडियो खिच्न नहुने भन्दै सरकारी गाडी दुरुपयोगको प्रोत्साहन गर्न खोजेका हुन् । राप्ती प्रेस मञ्चको समेत नाम जोडेर गैरजिम्मेवार अभिव्यक्ति दिएको प्रति क्रियाशील पत्रकारहरूको ध्यानाकर्षण भएको छ ।
पत्रकारलाई कुनै पनि विषयमा समाचार लेख्ने वा फोटो भिडियो खिच्ने विषयमा सरकार प्रमुखले रोक लगाउन खोज्नु लोकतन्त्र तथा पूर्ण प्रेस स्वतन्त्रता विरोधी गतिविधि भएको बताएको छ । साथै हरेक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्टले पत्रकारलाई लक्षित गरि विभिन्न खालका आरोपप्रत्यारोप लगाउने, घोचपेच गर्ने, भ्रम सिर्जना गरि पत्रकारको बदनाम गर्ने र पत्रकार तथा मिडिया प्रति जनताले गर्ने विश्वास कमजोर बनाउने तथा मनोबल गिराउने जस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रति पत्रकारहरूले घोर भ्रत्सना गरेका छन् । साथै अध्यक्ष विष्टले पत्रकार तथा मिडिया विरूद्व विभिन्न सार्वजनिक कार्यक्रमहरूमा दिएको गलत अभिव्यक्ति फिर्ता नलिए जस्तो सुकै कदम चाल्न बाध्य हुने क्रियाशील पत्रकारहरूले चेतावनी समेत दिएक छन् ।
