दुर्गा भवानी विद्यालयको वि.व्य.स अध्यक्षमा भुसाल र शि.अ संघ संयोजकमा अधिकारी चयन
भालुवाङ ७ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा रहेको दुर्गाभवानी आधारभूत विद्यालयको अभिभावक भेला बिहिवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक प्रमुख देवी मल्लको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले अभिभावक हरिप्रसाद भुसालको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र अभिभावक पवित्रा अधिकारीको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन तथा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यले राखेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षक टोमलाल गैरेले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
