राप्तीमा भुमिहिन, सुकुम्बासीहरू आन्दोलित, आज विहान ११ बजे विरोध प्रदर्शन हुँदै



राप्तीमा भुमिहिन, सुकुम्बासीहरू आन्दोलित, आज विहान ११ बजे विरोध प्रदर्शन हुँदै

भालुवाङ १७ वैशाख । दाङको राप्ती गाउँपालिकाका सुकुम्बासी, भुमिहिन, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन् ।

पछिल्लो समय सरकारले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने नाममा सुकुम्बासी, भुमिहिन, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने कार्य प्रति उनीहरू आन्दोलित भएका हुन् । जेष्ठ नागरिक दुर्योधन पाण्डेको अध्यक्षतामा बुधबार राप्ती गाउँपालिका-३ मसुरीयामा भएको भेलाले संघर्ष समिति गठन गरि आन्दोलनमा होमिएको हो ।

भेलाले दलबहादुर घर्ती मगरको संयोजकत्वमा १३ सदस्यीय सुकुम्बासी, मुक्त कमैया, अव्यवस्थित बसोबासी तथा भुमिहिन संघर्ष समिति गठन गरेको छ । सदस्यहरूमा बसन्त नेपाली, तुला गिरी, हरि भुसाल, जगतप्रसाद पोख्रेल, रूपा गिरी, नारायण चाैधरी, हरिचन्द्र चाैधरी, राजकुमार लामा, प्रकाश शाही, भानबहादुर घर्ती, देविराम वली र बाबुराम था रहेका छन् । त्यस्तै तुला गिरीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ । यसै बीच भेलाले वैशाख १७ गते आज विहान ११ बजे राप्ती गाउँपालिका-३ सिरिचाैर मसुरियामा भेला भई विरोध प्रदर्शन गर्ने, कोणसभा गर्ने र राप्ती गाउँपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक दलबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे