ज्ञानोदय माविबाट एसर्ईईमा ६०.३९ प्रतिशत विद्यार्थी उत्तीर्ण



ज्ञानोदय माविबाट एसर्ईईमा ६०.३९ प्रतिशत विद्यार्थी उत्तीर्ण

भालुवाङ २९ वैशाख । दाङको राप्ती गाउँपालिका–६ पत्थरगढवामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६०.३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ५३ जना विद्यार्थीमध्ये ३२ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरेले जानकारी दिएका छन् । प्रधानाध्यापक घिमिरेका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये २ जनाले ए तथा १० जनाले बि प्लस, १६ जनाले बी र ४ जनाले सि प्लस ल्याएका छन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे