लिटिल एन्जल्स एसईईमा देउखुरीकै उत्कृष्ट अंक सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल



लिटिल एन्जल्स एसईईमा देउखुरीकै उत्कृष्ट अंक सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

देउखुरी २९ बैशाख । दाङ-देउखुरीकाे लिटिल एन्जल्स् स्कुल भालुवाङले एसईई २०८२ काे परिक्षामा उत्कृष्ट अंक सहित शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएकाे छ । एसईईकाे परिक्षामा लिटिल एन्जल्स स्कूलबाट १८ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । सहभागी भएका सबै विद्यार्थीहरू उत्कृष्ट अंक सहित उतिर्ण भएका हुन् ।

स्कूलका प्रधानाध्यापक शाेभाकर भुसालका अनुसार एसईईमा सन्देश सुवेदी ३.९६ जिपिए अंक सहित देउखुरी कै सर्वाेउत्कृष्ट अंक सहित उतिर्ण भएका छन् । त्यस्तै बालकृष्ण खत्रीले ३.७८ जिपिए, सिदार्थ थापा ३.७६ जिपिए, भेषराज भुसाल ३.७४ जिपिए, अञ्जना थापा ३.६९ जिपिए, वसन्त अर्याल ३.६७ जिपिए, ईमाेम ढकाल ३.६७ जिपिए, ज्याेति राना ३.६७ जिपिए, दिलिप मरासिनी ३.६५ जिपिए र मनिष जैसी ३.६५ जिपिए ल्याएर उतिर्ण भएकाे विद्यालयले जनाएकाे छ ।

त्यस्तै अस्मिता सुवेदी ३.४० जिपिए, कृत्रिका अर्याल ३.३९ जिपिए, ममता भण्डारी ३.३० जिपिए, शिशिर सुनार ३.३० जिपिए, सिताष्मा केसी ३.२९ जिपिए, आशिष राेकामगर ३.२० जिपिए, रितिका क्षेत्री ३.१४ जिपिए र रेवस केसी ३.१३ जिपिए अंक ल्याएर उतिर्ण भएकाे विद्यालयले जनाएकाे छ । देउखुरी भ्याली पब्लिक स्कूलबाट लिटिल एन्जल्स स्कूलमा परिणत भएपछि निरन्तर ८ बर्ष देखि एसईईमा शतप्रतिशत अंक सहित विद्यार्थी उतिर्ण गराउन सफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे