पब्लिक एजुकेशन एकेडेमीबाट एसर्ईईमा ९१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ जनाले ल्याए ए प्लस
भालुवाङ २९ वैशाख । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको पब्लिक एकुकेशन एकेडेमीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९१.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ५३ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक चम्पकराज कार्कीले जानकारी दिएका छन् । प्रधानाध्यापक कार्कीका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये ९ जनाले ए प्लस, १७ जनाले ए, २० जनाले बि प्लस र ७ जनाले बी ल्याएका छन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

