गोरखा आइडियल स्कुलको उत्कृष्ट नतिजा : एसईईमा ९७.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण



गोरखा आइडियल स्कुलको उत्कृष्ट नतिजा : एसईईमा ९७.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण

भालुवाङ २९ वैशाख । दाङको गोरखा आइडियल स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ४१ जना विद्यार्थीमध्ये ४० जना विद्यार्थी ग्रेडेट हुन सफल भएका छन् । यससँगै विद्यालयले ९७.५६ प्रतिशत नतिजा हासिल गरेको विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर पुन ले जानकारी दिएका छन् ।

प्रधानाध्यापक पुनका अनुसार सफल विद्यार्थीमध्ये १३ जनाले ए प्लस, १९ जनाले ए तथा ८ जनाले बि प्लस ग्रेड प्राप्त गरेका छन् ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रतिबद्ध रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे